TUESDAY APR 28, 2026

स्थानीय तहका जनप्रतिनिधिसँग अभिमूखीकरण

स्थानीय तहका जनप्रतिनिधिसँग बीमा तथा पञ्जिकरणसम्बन्धि अभिमूखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे ।

पौडेलले बीमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आम कृषकसमेतमा बीमासम्बन्धि सचेतना बढाउन सबै बीमासेवा प्रदायक संस्थाहरू कटिबद्धताका साथ लाग्नु पर्ने बताए ।
बीमा दाबी भुक्तानीमा जटिलता देखिएको आम सर्वसाधारणहरूको गुनासो रहेको उल्लेख गर्दै प्रमुख पौडेलले सो प्रक्रिया सरलीकृत बनाउनेतर्फ ध्यान दिन सरकारी निकाय र बीमाको नियामक निकाय बीमा प्राधिकरणले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यपत्र प्रस्तुत गर्दै नेपाल बीमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्रले नेपालमा कृषि बीमाको व्यवस्था सो सम्बन्धि विद्यमान ऐन कानुन,अनुदानसम्बन्धि, बिमा शुल्क, दाबी तथा भुक्तानी सम्बन्धि व्यवस्थाबारे प्रकाश पारेका थिए ।
कास्कीका सहायक प्रमुख जिल्ला चित्राङ्गत बरालले नागरिकता, राहदानीलगायत पन्जिकरणका समस्या र समाधान विषयमा सहजीकरण गरे ।
रूपा गाउँपालिका वडा न द्द का वडाध्यक्ष राजन सुबेदी ,माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत केशव सुबेदीलगायतले प्रस्तुत कार्यपत्र उपर टिप्पणी गरे ।
कार्यक्रममा कास्कीस्थित विभिन्न पालिकाका जनप्रतिनिधिहरू, बीमा सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। नेपाल बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रमको संयोजन जिल्ला समन्वय समिति कास्कीले गरेको थियो। कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बराल र स्वागत नेपाल बीमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका सहायक निर्देशक कविता पाण्डेको रहेको थियो ।

Facebook Comments