माछापुच्छ्रे परोपकारी संस्थाले मनायो परोपकारी कार्यसहितको नयाँ वर्ष
माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकले परोपकारी कार्यसहित नयाँ वर्ष मनाएको छ ।
संस्थाले शनिवार दोस्रो वार्षिक सभाका बीच सांस्कृतिक तथा साहित्यिक मनोरञ्जनात्मक गतिविधिका साथ विभिन्न क्षेत्रका अग्रज समाजसेवीलाई सम्मान, सहयोग हस्तान्तरण तथा स्टेशनरी वितरण गरेको हो ।
उक्त समारोहबीच सम्मानित हुनेमा समाजसेवी डम्बरसिंह गुरुङ, खुसीमान गुरुङ, तेजप्रसाद भण्डारी, हर्कबहादुर नेपाली, धनकुमारी शाही, गौरी क्षत्री, खेलकुदतर्फ मनोजकुमार शाही र हेमन्त शाही रहेका छन् ।

सोही समारोहबीच संस्थाले क्यान्सर पीडित सविना नेपालीलाई सहयोगसमेत हस्तान्तरण ग¥यो । संस्थाका प्रमुख सल्लाहकार राजु क्षत्री अपुरोले ५७ हजारको चेक हस्तान्तरण गरे । संस्थाको पहलमा हालसम्म दुई लाख ५४ हजार पाँचसय ५२ सहयोग गरिएको सचिव सुशील श्रेष्ठले जानकारी गराए ।
समाजसेवी डम्बरबहादुर जिसीले मानवसेवा आश्रम हेमजालाई २५ हजार चारसय २० सहयोग हस्तान्तरण गरे भने समाजसेवी देवी तिवारीको सौजन्यमा महेन्द्र मा.वि.का उत्कृष्ट छात्रछात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि बहुआयामिक व्यक्तित्व अग्रज साहित्यकार दुर्गाबहादुर शाह बाबाले समाजमा कार्यक्रमले समाजमा उल्लेख्य योगदान दिएका व्यक्तिको कदर भएको बताउँदै उनले थपे, ‘असल व्यक्तिले आफूसँगै समाजलाई पनि असल मार्गमा डो¥याउन सदा मार्गदर्शन गरिरहेको हुन्छ ।’
माछापुच्छ्रे गाउँपालिका ४ का वडाध्यक्ष मधुसुदन अधिकारीले माछापुच्छ्रे परोपकारी संस्था सम्पूर्ण माछापुच्छ्रेवासीको मनको ढुकढुकी र दुःखको पर्याय भएको धारणा राखे ।

स्वतन्त्र पत्रकार असफल गौतमले संस्थाले पु¥याएको सामाजिक योगदान राज्यले नदेखे पनि हरेक लाहाचोकवासीमा मन मुटुमा रहेको बताए । उनले घरदेश र प्रवासमा रहेका सम्पूर्णलाई एकाकार गर्ने संस्थाका परिकल्पनाकार राजु क्षत्री अपुरो माछापुच्छ्रे रत्न समान रहेको दाबी गरे ।
समाजसेवी सूर्यप्रसाद लम्सालले परोपकारी संस्थाले रेशम नेपालीको जीवन बचाउन पु¥याएको योगदानको स्मरण गरे । समाजसेवी वेनीमाधव अधिकारीले लाहाचोकलाई पोखराको गौरवको रूपमा चित्रण गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी माछापुच्छ्रेका अध्यक्ष भुपेन्द्र कुँवरले परोपकारको भावना नाममा नभएर मनमा हुनुपर्ने बताउँदै सेवा र सहयोगका काममा आफ्नो जन्मभूमिका दाजुभाइले पु¥याएको योगदानले आफूलाई गाउँ फर्काएको बताए । समाजसेवी पानबहादुर जिसीले परिवारको गास काटेर सहयोग गर्ने लाहाचोकवासीको योगदान अतुलनीय रहेको बताए ।
संस्थाका कार्यवाहक अध्यक्ष केशव अधिकारी संगमले संस्थाका परिकल्पनाकार राजु क्षत्री अपुरोको अनुपस्थितिमा कार्यक्रम हुँदै आएकोमा यस पटक मञ्चमै राखेर कार्यक्रम सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको धारणा व्यक्त गरे ।
दिलमाया ढकालले पालिकाभित्रका हरेक दुःखमा संस्थाले सहयोग पु¥याउँदै आएको जानकारी गराउँदै आगामी दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गरिन् ।

समारोहमा देव स्याङ्बो तामाङ, रोजिन अधिकारी, दिपेश नेपाली, सुरक्षा शाही, रोजिना अधिकारी, कृष्टिना जिसी, सुवासना सुनार, रूपा अधिकारी, सुहाना सुनार, शंकर नेपालीलगायतले आफ्ना प्रस्तुति राखेका थिए ।
कार्यक्रम संयोजक राजु क्षत्री अपुरो रहेको उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने समाजसेवी लवि क्षत्री र रविन परियारलाई प्रशंसापत्र प्रदान गरिएको समारोहबीच ईश्वर तिवारी, बुद्धि नेपाली, गोविन्द शाही र डिलमाया ढकालले संस्थाको आजीवन सदस्यता ग्रहण गरे ।
