FRIDAY MAY 01, 2026

सेवाबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताएका छन् ।

प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म जनता खुशी हुन सक्दैनन् भन्ने वास्तविकतालाई बिर्सन नहुनेमा जोड दिए ।

उनले  भने- ‘स्व–उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई हामीले बिर्सन हुँदैन ।’

प्रदेश प्रमुख भट्टले योग्यता, निष्पक्षता र स्वच्छताको मूल मन्त्रकासाथ लोकसेवा आयोगले प्रदेश कानुन बमोजिम प्रदेशका र प्रदेश भित्रको स्थानीय तहका कर्मचारीको भर्ना, छनोट र सिफारिसको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा खुशी पनि व्यक्त गरे ।

मुलुकको स्थायी सरकारको रूपमा चिनिने निजामती प्रशासन र अन्य सार्वजनिक सेवाको क्षेत्रमा प्रतिभाशाली, दक्ष र योग्य जनशक्ति प्रवेश गराउने मुख्य जिम्मेवारी बोकेको यस आयोगले राष्ट्रसेवामा सर्वसाधारणलाई आकर्षित गर्न र आमजनताको मन जित्न आयोग सफल भएको उनको भनाइ छ ।

Facebook Comments