पोखरा पत्रकारिता सम्मान गुरुङ र सहारा क्लबलाई, जगन्नाथ सिग्देल स्मृति पुरस्कार अधिकारी र गिरीलाई
नेपाल पत्रकार महासंघ कास्की शाखाले महासंघको ७१ औं स्थापना दिवसमा पोखरा पत्रकारिता सम्मान र जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।
शाखाले पोखरा पत्रकारिता सम्मान-२०८१ पत्रकार राजबहादुर गुरुङ र २०८२ सहारा क्लबलाई अर्पण गर्ने जनाइएको छ । सम्मानको राशि ५० हजार ५ सय ५५ रहेको छ । तीन दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न गरुङ यूनाइटेड खबर अनलाइनमा आवद्ध छन् ।
पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली रहेको छनौट समितिको सिफारिसलाई शाखाले अनुमोदन गरेको थियो ।
जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ फणिन्द्र अधिकारी र २०८२ एकराज गिरीलाई प्रदान गरिने भएको छ ।
पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैया रहेको छ । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न अधिकारी गोरखापत्र दैनिक, समाधान दैनिक र नेपालदुत अनलाइमा गिरी सफल न्यूजमा आवद्ध छन् ।
महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, पत्रकार रुद्र श्रीस मगर र भिम थापाको छनौट समितिको सिफारिसलाई शाखाले अनुमोदन गरेको हो ।
