THURSDAY APR 30, 2026

मुक्तकमणि अधिकारी सम्मानित

मुक्तकमणि तीर्थराज अधिकारी र उहाँकी सहधर्मिणी सीतादेवी अधिकारी सम्मानित भएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टीसमेत रहेका अधिकारीलाई अन्तर्राष्ट्रिय साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरले सम्मान गरेको हो ।

नौ साहित्यिक कृति र पाँच शब्द रचनाका अडियो एल्बम प्रकाशित गरिसकेका अधिकारीलाई च्याप्टर अध्यक्ष ददिन पाण्डे, अनेसासका च्याप्टर महासचिव मनोज प्रधान र सल्लाहकार ईश्वर देवकोटाले अधिकारी दम्पत्तिलाई संयुक्त रूपमा सम्मान गरेका हुन् ।

सम्मान ग्रह्णपछि अधिकारीले आफूले सधैँ सरल र बोधगम्म भाषामा कविता तथा मुक्तक लेख्ने गरेको स्मरण गर्दै एक दर्जन मुक्तक वाचन गरेका थिए ।

साहित्यकार डा. ऋषि बस्ताकोटीले लमजुङको दुराडाँडामा जन्मेर ५० वर्षभन्दा लामो समय निरन्तर साहित्य साधनामा लाग्नु एक महान् उपलब्धि भएकाले अधिकारी जस्तो ऊर्जाशील व्यक्तित्व सबैका लागि एक प्रेरणाको स्रोत रहेको बताए । साथै उनले साहित्यकार अधिकारीलाई सर्जक मात्र नभएर कुशल संगठककारूपमा समेत चित्रण गरे ।

समारोहमा साहित्यकार प्रभा पोखरेल, मनोज प्रधान, आरपी पौडेल, मधु माधुर्य, डा चिरञ्जीवी भट्टराई, डा शरद पराशर मरहट्ठा, नम्रता गुरागाईं, नगेन्द्र न्यौपाने, डा भाष्कर कुँवर, कृष्णराज खनालले अधिकारीका मुक्तक वाचन गरेर सम्मान व्यक्त गरेका थिए ।

Facebook Comments