SATURDAY MAY 02, 2026

हिल प्वाइन्टका विद्यार्थीले सिर्जना गरे साहित्यिक रचना

१ चैत, पोखरा ।पोखरा-१२ माटेपानीमा रहेको हिल प्वाइन्ट स्कुलले पठन संस्कृति अभियानमार्फत विद्यार्थीले साहित्यका विधाको लेखन प्रशिक्षण लिएका थिए ।

प्रशिक्षणमा सहभागी कक्षा ४ र ५ का विद्यार्थीले रचना गरेका सिर्जना शुक्रबार विद्यालयमा आयोजित ज्ञान सिर्जना उत्सव कार्यक्रममा प्रस्तुत गरिएको छ ।

विद्यालयका उत्कृष्ट विद्यार्थी प्रत्युस अधिकारीलाई नै सभाध्यक्ष बनाएर गरिएको कार्यक्रममा रोबोटिक्स कक्षामा सहभागी ३७ जना विद्यार्थीले रचना गरेका कथा, कविता, निबन्ध लगायतका सिर्जना प्रस्तुत गरेका हुन् ।

अभिभावक अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक रवि किरणले वालवालिकाको अध्ययनशीलता र सीप विकासका लागि अभिभावकको भूमिकाका विषयमा प्रशिक्षण दिएको नेपाली विभाग प्रमुख भावना लामिछानेले जानकारी दिइन् ।

विद्यालयले पठनपाठनका अलावा संचालन गरेको राबोटिक्स शिक्षाका विषयमा आईएनजि स्कील एकेडेमीका प्रतिनिधि रसिला श्रेष्ठले जानकारी दिएकी थिइन् ।

सोही अवसरमा युकेजीका ३० जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैंसीले दीक्षित गरे ।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष बास्तोलाले विद्याथीको शैक्षिक तथा मानसिक विकासका लागि पढाईका अलावा अन्य क्रियाकलाप पनि महत्त्वपूर्ण हुने बताए ।

विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैंसीले विद्यार्थीको शैक्षिक विकासका लागि विद्यालय प्रतिबद्ध रहेको बताउँदै, हेटौंडा एनोभेसन सेण्टरको सहकार्यमा विद्यार्थी केन्द्रित विभिन्न क्रियाकलाप संचालन गरेको बताए ।

अभिभावक संगीता भट्टराईले विद्यालयले गरेको शैक्षिक उन्नयनप्रति खुशी व्यक्त गरिन् । कार्यक्रममा विद्यार्थीले गणित शिक्षाका प्राविधिक ज्ञानका विविध स्टल राखेका थिए ।

Facebook Comments