पोखरा फेवा फूलबारी लायन्सको सहयोग
१३ माघ, पोखरा ।लायन्स क्लव अफ पोखरा फेवा फूलबारीले पोखराका सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्धेश्यले पोखराको आँटीघरस्थित सीता आधारभूत र ज्ञानोदय रघु आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय झोलासहित शैक्षिक सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष गोविन्द अधिकारीले जानकारी दिए ।
उक्त सामग्री शिक्षासेवी अञ्जु कँडेल, क्लवका पूर्व अध्यक्ष माधवप्रसाद कँडेल, राम पौडेललगायतले वितरण गरे ।
कार्यक्रममा शिक्षासेवी कँडेलले शिक्षा, स्वास्थ्य जस्ता मानवीय सेवाका क्षेत्रमा लायन्स क्लवले खेलेको भूमिका अनुकरणीय रहेको बतापन् । क्लवका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सीता आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश सुवेदी, ज्ञानोदय रघु आधारभूत विद्यालयका प्रधानाध्यापक सागर केसी, शिक्षक शारदा अधिकारीले सहयोगले विद्यार्थीको मनोवललाई उच्च बनाएको बताए ।
सोही अवसरमा विपन्न तथा मानसिक रोगबाटग्रस्त एक महिलाको परिवारलाई आर्थिक सहयोगसमेत प्रदान गरिएको क्लवले जनाएको छ ।
कार्यक्रममा पूर्व अध्यक्ष माधव कँडेलले आफ्नो जन्मदिनको अवसरमा क्लवको सामाजिक कार्यका लागि नगद १० हजार सहयोग प्रदान गरे । कार्यक्रम कोषाध्यक्ष दिनेश आचार्यले संचालन गरेका थिए।
Facebook Comments
