छैटौं टाइगर कप भलिबल जारी
११ माघ, पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा सुरु एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी रहेको छ ।
टाइगर ग्रुप अफ पोखराले विगत ६ वर्षदेखि भव्य र व्यवस्थित ढंगले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी भलिबल खेलमार्फत् पोखरा र गण्डकी प्रदेश मात्र नभई नेपाललाई नै चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका थिए ।
Facebook Comments
