अञ्जुली सहकारीमा भीम गायक
११ माघ, पोखरा । पोखराको बाटुलेचौरमा रहेको अञ्जुली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भीम गायक चयन भएका छन् ।
सहकारीको नवौं साधारण सभा एवं चौथो अधिवेशनले गायकको अध्यक्षतामा नौं सदस्यीय सञ्चालक समिति गठन गरेका हो ।
सहकारीको प्रथम उपाध्यक्षमा ईन्द्र सुवेदी, द्वितीय उपाध्यक्षमा गुमादेवी गौतम, सचिवमा बैकुण्ठ पौडेल, कोषाध्यक्षमा होमबहादुर थापा, सदस्यमा बलराम गायक र लक्ष्मी अधिकारी चयन भए ।
कार्यक्रममा सहकारीका पूर्व उपाध्यक्ष क्याप्टेन अनिरुद्र थापालाई मरणोपरान्त र उत्कृष्ट बचतकर्ता सम्मान युआरएलका ठाकुरप्रसाद पन्त, उत्कृष्ट कारोवारी बलराम गायक, सीता थापा, दुर्गा कार्की र मिनु थापालाई सम्मान गरिएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्राध्यापक कुञ्जराज थापाले देशको आर्थिक विकासमा सहकारी संस्थाले ठूलो योगदान पुर्याएको बताउँदै, सहकारीलाई समय सापेक्ष बनाउनु पर्नेमा जोड दिए ।
सहकारीका अध्यक्ष दानबहादुर बानीयाँको ध्यक्षतामा सम्पन्न कार्यक्रममा बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सीना, युआरएलका ठाकुरप्रसाद पन्त लगायतले स्थानीयस्तरमा सहकारीले सकारात्मक प्रभाव पारेको बताए ।
सभाले अध्यक्ष बाँनिया, कोषध्यक्ष राम जिसी र लेखा समिति संयोजक मोहन सुनारको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गर्यो । उपाध्यक्ष सीता थापाले स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव भीम गायकले गरेका थिए ।
