‘आँधीखोले संस्कृति र स्मृति’ लोकार्पण
५ माघ, पोखरा । साहित्यकार तीलक पौडेलको पाँचौँ कृति आँधीखोले संस्कृति र स्मृतिको सोमवार पोखरामा एक समारोहका बीच लोकार्पण गरियो ।
कृतिको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले लोकार्पण गरे ।
प्रमुख अतिथि सरुभक्तले आफू बाल्यकालमा सुन्ने गरेको रातारात गइयो, रातारात आइयो आँधीखोला कस्तो थियो कस्तो भन्ने उद्धरणलाई कृतिले स्मरण गराएको बताए ।
प्रमुख अतिथि सरुभक्तले मानवीय सभ्यता नै लोपोन्मुख अवस्थामा पुगेको स्मरण गर्दै आँधीखोले संस्कृति र स्मृति पछिल्लो पुस्ताका लागि एउटा दस्तावेज रहेको बताए ।
कृतिको समीक्षा गर्दै असफल गौतमले वर्तमानमा राज्य व्यवस्था नै हाम्रा संस्कार, संस्कृतिलाई निमिट्यान्न पार्न उद्धत रहेका बेला यस्ता कृति प्रकाशन अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
स्रष्टा तिलक पौडेलले बाल्यकालमा मनाएका पर्व, जागिरे जीवनका क्रममा मनाउन नपाएका सन्दर्भ सन्दर्भलाई स्मरण गर्दै जाँदा कृतिको रूप लिएको बताए ।
स्याङ्जाली सम्पर्क सदनको आयोजनामा भएको कार्यक्रममा समाजसेवी गिरिधारी सुवेदी, रामबहादुर श्रेष्ठ, शिवबहादुर थापा, कमल पौडेल अथकले बोलेका थिए ।
तस्विरको लागि यहाँ क्लिक गर्नुहोस्
