THURSDAY APR 30, 2026

माघे संक्रान्तीको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना

१ माघ, पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे संक्रान्ति, माघी पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको धारणा व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख भट्टले भनेका छन्– ‘सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति एवं माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने कामना व्यक्त गर्दछु ।’

तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्त्व रहेको छ । यो नेपालका थारुसँगै मगर र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व पनि हो । थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ बर्षका रुपमा मनाउने गर्छन् । तराईवासीले नहान अर्थात नुहाउने पर्वको रूपमा मनाउँदछन् । आम नेपालीले माघे संक्रान्तिमा विभिन्न परिकार बनाएर खाई हर्षोल्लासपूर्वक मनाउँदछन् ।

Facebook Comments