TUESDAY MAY 26, 2026

नवीन टोल विकास संस्था र आमा समूहको अधिवेशन

६ पुस, पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मा क्रियाशील नवीन टोल विकास संस्था र नवीन आमा समूहको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गरे । कार्यक्रममा वडा अध्यक्ष कार्कीले टोलको विकासका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताए ।

अधिवेशनबाट नवीन टोल विकास संस्थामा गोपालप्रसाद वाग्लेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा राधा मिश्र, सचिवमा मोहनराज बराल, सहसचिवमा ईश्वरप्रसाद ढकाल, कोषाध्यक्षमा सरस्वती ढकाल र सदस्यमा हरिप्रसाद वाग्ले, विन्दु वाग्ले र संगीता ढकाल निर्वाचित भएका छन् ।
समितिको सल्लाहकारमा संस्थापक अध्यक्ष मुकुुन्द घिमिरे, निवर्तमान अध्यक्ष पुष्पराज पौडेल र वासुदेव पौडेललाई चयन गरिएको छ ।
नवीन आमा समूहमा विनिता पण्डित घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा गीता तिवारी, सचिवमा शारदादेवी बराल, सहसचिवमा लक्ष्मी पन्थी, कोषाध्यक्षमा जमुना भट्टराई र सदस्यहरूमा सीमा वाग्ले, माधवी सुवेदी, प्रकृति वाग्ले, अञ्जना पौडेल, शान्ति पौडेल र जीवन सरिता घिमिरे रहेका छन् ।

अधिवेशनका लागि वासुदेव पौडेलको संयोजकत्वमा हरिप्रसाद वाग्ले र सरिता खनाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
अधिवेशनको उद्घाटन समारोह नवीन टोल विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेल र नविन आमा समूहका अध्यक्ष विनिता पण्डित घिमिरेको संयुक्त अध्यक्षतामा भएको थियो ।

कार्यक्रम सञ्चालन नवीन आमा समूूहकी कोषाध्यक्ष जमुुना भट्टराईले, स्वागतसहित टोल विकास संस्थाको सचिवको प्रतिवेदन नवीन टोल विकास संस्थाका सचिव मोहनराज बरालले प्रस्तुत गरेका थिए ।

सो अवसरमा टोल विकास संस्थाकी कोषाध्यक्ष सरस्वती पराजुली ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने् आमा समूहको सचिवको प्रतिवेदन सचिव शारदादेवी बराल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जमुना भट्टराई ढकालले प्रस्तुत गरे ।

निर्वाचित दुुवै संस्थाका पदाधिकारी तथा सदस्यलाई निर्वाचन संयोजक वासुदेव पौडेल एवम् सदस्यद्वय हरिप्रसाद वाग्ले र सरिता खनालले बधाई तथा शुभकामना व्यक्त गरे ।

Facebook Comments