MONDAY OCT 13, 2025

बाढीपहिरोमा ज्यान गुमाउने परिवारलाई दुई लाख र अस्थायी आवासका लागि ५० हजार उपलब्ध गराउने सरकारको निर्णय

२१ असोज, स्याङ्जा ।सरकारले बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने भएको छ ।

विपद् व्यवस्थापन राष्ट्रिय परिषद् मंगलवारको बैठकले मापदण्डअनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत र बाढीपहिरोबाट विस्थापितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए।

आवास निर्माणका लागि तत्काल २५ हजार रुपैयाँ र आवासको संरचना निर्माणपछि २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ ।उनले स्थायी आवास निर्माणका लागि हिमालमा पाँच लाख, पहाडमा चार लाख र तराइमा तीन लाख रुपैयाँ उपलब्ध गराइने जनाइएको छ ।

बैठकले सडक तथा अत्यावश्यक सेवा सुचारु गर्न तीनै तहका सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ । बैठकले विपदमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

Facebook Comments