राष्ट्रकविको जन्मजयन्ती सन्दर्भमा आयोजित अनेसास कविता महोत्सवमा २८ कविता चयन

१७ असोज, पोखरा ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका सन्दर्भमा हरेक वर्ष आयोजना गर्ने अनेसास कविता महोत्सवमा २८ कवि चयन भएका छन् ।
विगतमा सञ्चालन हुँदै आएको कविता प्रतियोगितालाई सुव्यवस्थित, स्तरीय र दीर्घकालीन बनाउनुका साथै राष्ट्रकविको योगदानलाई जीवन्त राख्न अनेसास कविता महोत्सव आयोजना हुँदै आएको अध्यक्ष सर्वज्ञ वाग्लेले जानकारी दिए ।
हरेक स्रष्टाको रुचिको विषय कविता लेखन र राष्ट्रकविको काव्य साधनाको कदरस्वरूप प्रतियोगिता आयोजना गरिएको अनेसास बोर्ड अफ ट्रस्टीज सभापति पदम विश्वकर्माको धारणा रहेको छ ।
महोत्सव राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्मजयन्तीको अवसर पारेर आयोजना गरिने कवितता महोत्सवमा प्रथमले पाँच सय डलर, द्वितीयले तीन सय डलर र तृतीय तीन जना दुई सय डलरसहित पुरस्कृत हुने महासचिव राजु सिटौलाले नौलो खबरलाई जानकारी दिए ।
प्रतियोगितामा पोखरा–२७ खराने फाँटका नवराज अधिकारी, ललितपुर, धोबीघाटकी शान्ति सापकोटा, गलकोट–६ बागलुङका गौतम मनीष, राइनास, लमजुङकी गोमा श्रेष्ठ, बुटवल–३, रूपन्देहीकी गङ्गा पोखरेल, क्याँसस, अमेरिकाकी कमला न्यौपाने, नर्थ क्यारोलाइनाकी उमा शर्मा, टोखा–११, काठमाडौँका लक्ष्मण सिटौला, लोकहरि पाण्डेय (क्षितिज) कालीगण्डकी–४, स्याङ्जा, क्यालगरी, क्यानाडाका दिनेश धरेल, सुरुङ्गा–२, सप्तरीका डिकुरा पोखरेल रहेका छन् ।
यसैगरी उत्कृष्ट २८ भित्र पर्न सफल कविमा दक्षिण कोरियाबाट डिबी सिकारु, रिचमण्ड भर्जिनियाबाट पशुपति घिमिरे, भर्जिनिया अमेरिकाबाट प्रेमप्रसाद शर्मा पौडेल, भानु–९, तनहुँबाट नरोत्तम श्रेष्ठ, सूर्योदय–१०, फिक्कलबाट नुरज भट्टराई “नदी”, बेनीघाट रोराङ–५, धादिङबाट महान त्यागी, ह्यारिसवर्ग, पेन्सिलभेनिया, अमेरिकाबाट मधु घिमिरे, सनसिटी, चिबाकेन, जापानबाट मन्जु गिरी, बकैया–४, मकवानपुरबाट मसान उपासक, कटारी–३, उदयपुरबाट ऋषिबहादुर राई, पुतलीबजार–७, स्याङ्जाबाट असफल गौतम, ठाँटीकाँध–४, दैलेखबाट दीपिन सिजापति, तनहुँबाट बादल खरेल, धापाखेल, ललितपुरबाट सन्ध्या महर्जन, फ्रान्कफोर्थ जर्मनीबाट सुजाता घिमिरे राउत, बलेफी–६, सिन्धुपाल्चोकबाट सुन्दर शिरीष र कोशी प्रदेशको उदयपुरबाट सुमी पोखरेल रहेका छन् ।
उत्कृष्ट कविले असोज १८ गते जुम प्रविधिका माध्यमबाट कवितावाचनपछि विजेता घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।