MONDAY OCT 13, 2025

पुम्दीभुम्दीमा पर्यटक दौडाउँदै पोखरा प्रवर्द्धन केन्द्र

४ असोज, पोखरा । विश्व पर्यटन दिवस २७ सेप्टेम्बरका अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेपालका छ प्रदेशसहित बेलायतका धावक दौडने भएका छन् ।

प्रतियोगितामा हालसम्म मधेश प्रदेशबाहेक छ प्रदेशका एक सय बढी धावक दौडने भएका छन् । आयोजक पक्षले दुई सयदेखि दुई सय ५० खेलाडीको व्यवस्थापन गरेकाले फष्ट कम फष्ट सर्भिस आधारमा खेलाडीको नाम दर्ता भइरहेको जनाइएको छ ।
उक्त फर्म भर्नका लागि पोखरा क्लिक अनलाइनमा गई सिरानमा रहेको दोस्रो पर्वतीय दौड वटनमा क्लिक गर्नपर्ने छ ।

खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिता यसअघि असोज ४ मा हुने भनिए पनि जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो ।

पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म हुने दौडमा ६ इभेन्ट समावेश गरिएको छ । विभिन्न इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था रहेको प्रवर्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए ।

प्रतियोगितामा खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखराले १६ वर्षमुनिको विधामा, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले पर्यटक प्रोत्साहन पुरस्कार, र सिटिजन्स फर्निचरले महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले जानकारी दिए ।

Facebook Comments