र्यान्डम रिडर्स सोसाइटी दीपक पराजुली नेतृत्वमा

१४ भदौ, पोखरा । र्यान्डम रिडर्स सोसाइटीको १५ औँ साधारण सभा तथा ७ औँ अधिवेशन दीपक पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै शनिवार सम्पन्न भएको छ।
अधिवेशनबाट समितिकाे उपाध्यक्षमा नेपाल प्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला, सहसचिवमा बाबुराम सुवेदी निर्वाचित भएका छन्।
यसैगरी सदस्यमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई, शङ्करमणि त्रिपाठी ‘छन्दमणि’ निर्वाचित भएका छन्।
केशवशरण लामिछानेको संयोजकत्वमा गठित निर्वाचन मण्डलले अधिवेशन सम्पन्न गरेको हो । निर्वाचन मण्डलका सदस्यमा गनेश पौडेल र रामजी पौडेल रहेका थिए । नवनिर्वाचित कार्यसमितिलाई पूर्वअध्यक्ष उपेन्द्र पौडेलले कार्यकालको सफलताको शुभेच्छा व्यक्त गरे ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संस्थापक उपाध्यक्ष तथा पुतली बजार प्रज्ञा-प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’, पूर्वअध्यक्ष गनेश पौडेल, पुस्तक छनोट समितिका पूर्वसंयोजक कृष्ण केसीलगायतले शुभकामना व्यक्त गरे।
सभाले सचिव नेपालप्रकाश अधिकारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ध्रुव केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार छलफल र परिचर्चा आयोजना गर्दै कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।