गुगल म्याप्सले नेपालमा ‘स्ट्रिट भ्यू’ सुरू ग¥यो

१ भदौ, पोखरा । गुगल म्याप्सले २०८२ साउन ३० गतेदेखि नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गरेको छ ।
डिजिटल नेपाल कन्क्लेभ,२०२५ मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरले शुक्रवारदेखि विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने घोषणा गरेका हुन् । यो स्ट्रिट भ्यूजमार्फत् नेपालको अद्भूत भू–दृश्य र समृद्ध संस्कृति भर्चूअल रूपमा अवलोकन गर्न सकिने भएको छ ।
जसको सहायताले काठमाडौंका गल्लीहरूमा, तराईका समथर भूभागमा र हिमालका हिमशृंखलाहरूको मनोरम दृश्य देखाउने घुमाउरा सडकमा भर्चुअल यात्रा गर्न सकिने भएको हो ।
अब विश्वबजारबाट नेपालको इतिहास, प्राचीन मन्दिर, धार्मिक, सांस्कृतिक, पौराणिक, ऐतिहासिक तथा पुरातात्विक स्थललाई हेर्न मिल्ने भएको छ । स्ट्रिट भ्यू प्रमुख नैरका अनुसार नेपालका नवीनतम दृश्यहरू हेर्न आफ्नो फोन वा कम्प्युटरमा गुगल म्याप्स खोलेर ३६० डिग्री भ्यू हेर्न सकिने छ ।