फेदीखोला गाउँपालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

२१ साउन, स्याङ्जा । फेदीखोला गाउँपालिकाले पालिकाका वडामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
अभिमुखीकरण कार्यक्रमका सहभागीलाई सामाजिक सुरक्षा कोषका सहभागीहरूले प्राप्त गर्ने सेवा तथा सुविधाबारे जानकारी गराइएको छ ।
जसअन्तर्गत कोषका सहभागीहरूले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सुविधा प्राप्त गर्ने जनाइएको छ । कोषका सहभागीले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनालगायतका सुविधा प्राप्त गर्ने पालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
अभिमुखीकरण कार्यक्रम फेदीखोला गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो ।
Facebook Comments