MONDAY OCT 13, 2025

बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्न समय थप

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने समय थप गरेको छ ।

बैंकले चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्न १५ दिन र अरू त्रैमासिक रिपोर्टका लागि आठ दिन समय बढाएको हो ।

बैंकले बुधबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासिकको वित्तीय विवरण साउन महिनाभित्र प्रकाशित गरे हुने व्यवस्था गरेको छ । यसअघि १५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।

यस्तै अन्य त्रैमासिकको हकमा १५ दिनभित्र सार्वजनिक गर्नुपर्नेछ । यस अघि सात दिनको अवधि तोकिएको थियो ।

Facebook Comments