MONDAY AUG 31, 2026

भोटेकोशी क्षेत्रमा एनसेलको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाअवधि सात दिन थप

एनसेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ ।यसअघि बाढी प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो ।

विपद्को समयमा सञ्चार सेवाले प्रभावित समुदाय, परिवार, आफन्त,  उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सजिलो बनाउँदै कम्पनीले उक्त निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ ।

Facebook Comments