THURSDAY MAY 21, 2026

पोखरामा वसन्त काव्य महोत्सव २०८३

प्रतिबिम्ब वाङ्मय प्रतिष्ठान पोखराको आयोजनामा पोखरामा वसन्त काव्य महोत्सव २०८३ हुने भएको छ ।


प्रतिष्ठानले यही ज्येष्ठ ९ गते शनिवार पोखरामा उक्त महोत्सव गर्न लागेको हो । बिहान १०ः३० बजेबाट पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा उक्त महोत्सव हुने भएको छ ।

महोत्सवमा गण्डकी प्रदेश क्षेत्रमा क्रियाशील समकालीन स्रष्टा साधकका रोज्जा मुक्तक, कविता र गजल गुञ्जने भएका छन् ।

संस्थाले अघिल्लो वर्ष जनकविकेशरी धर्मराज थापाको शतवार्षिकी अवसरमा दुई दिने महोत्सव आयोजना गरेको थियो ।

भाषाविद् मुकुन्दशरण उपाध्याय, साहित्यकार सरुभक्त र गजलकार ज्ञानुवाकर पौडेललाई सम्मानसहित महोत्सव सम्पन्न भएको उक्त महोत्सवको अर्को संस्करणलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ अमृत कक्षमा आयोजना गर्न लागेको देखिन्छ ।

यस पटकको महोत्सवमा तीन विधाका विशेष कार्यक्रम रहेकामा कविताको कार्यक्रम डा. ईश्वरमणि अधिकारी, गजलको कार्यक्रम दीपक समीप र मुक्तकको कार्यक्रम प्राञ्जलले सहजीकरण गर्ने जनाइएको छ ।

(पहिलो महोत्सवमा सम्मानित प्रतिभाहरू)

Facebook Comments