TUESDAY MAY 12, 2026

९-८६ वर्षसम्मका स्रष्टाहरू गुञ्जे एउटै मञ्चमा

भेषजराज साहित्य प्रतिष्ठानलेको नियमित मासिक रचनावाचनको ९६ औँ शृङ्खलामा ९-८६ वर्षसम्मका स्रष्टाहरू एउटै मञ्चमा गुञ्जेका  छन् । वालिङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालले विविध विषयका रचनाहरू समयसान्दर्भिक रहेको बताए ।

कवि एवम् पूर्व जनप्रतिनिधि नीलकण्ठ लम्सालले प्रतिष्ठानले सबै स्रष्टाहरूलाई साहित्य लेखनमा प्रोत्साहन दिएको जनकारी दिए।
कार्यक्रममा प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले हास्यव्यङ्ग्य निबन्ध, कवि सनतकुमार गैह्रेले लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौड्याललाई स्मरण गर्दै आफ्नो रचनावाचन गरे ।

कार्यक्रममा लीलाम्बर ढुङ्गाना, दीलिप तिवारी, बोधराज न्यौपाने, इन्द्रप्रसाद पाठक, विष्णु पंगेनी पाण्डे, नारायण लम्साल,दीपक पोखरेल, ढालबहादुर केसी, पारीश्वर न्यौपाने,नारायणप्रसाद रेग्मी,लोक कुमारी पौडेल, दमकुमारी बगले, ठाकुरप्रसाद सुवेदी, निलकणठ लम्साल लगायतले आ-आफ्ना रचनावाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्नाले गरेका थिए भने धन्यवाद ज्ञापन सहसचिव कमल बगालेले गरेका थिए ।

Facebook Comments