जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका लागत साझेदारीका योजना अनुगमन
जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ। जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८२/८३ मा उक्त गाउँपालिकासँग विभिन्न लागत साझेदारी बजेटमा विनियोजित निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ।
अनुगमन गरिएका योजनाहरूमा जिल्ला समन्वय समिति कास्की र माछापुच्छ्रे गाउँपालिकाको लागत साझेदारीमा निर्माणाधीन माछापुच्छ्रे गाउँपालिका वडा न ६ को वडा कार्यालय मर्मत सम्भार तथा कम्पाउण्ड निर्माण, बराह मा.वि. भेडावारिको स्टेज निर्माण, कैलाश मा.वि. पर्खाल निर्माण योजना, वडा न ४ को वडा कार्यालय तथा स्वास्थ्य चौकी मर्मत सम्भार, वडा न ३ शुक्लागण्डकी मा.वि.को सभाहल, मेघराज आधारभूत विद्यालय सभाहल निर्माण, वडा न ५ स्थित निश्पक्ष माविको सभाहल निर्माण, वडा न ८ तारेबराह आहारभूत विद्यालय भवन निर्माण योजना रहेका छन् ।
अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले विनियोजित बजेट र निर्धारित मापदण्ड अनुसार गुणस्तरीय कार्यमा ध्यान दिन आग्रह गरे ।
अनुगमनमा जिसस कास्कीका सदस्यद्वय सुकमाया नेपाली, लक्ष्मी दमै, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालसहित इन्जिनियर ,प्राविधिक तथा कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।
