THURSDAY APR 23, 2026

पोखरामा मुक्तक उत्सव २०८३ हुने

मुक्तक मञ्च केन्द्रीय समितिले संस्था स्थापनाको १९ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउने भएको छ । संस्थाले १९ औं वार्षिकोत्सवमा शाखा सम्मान, स्रष्टा सम्मान तथा मुक्तक उत्सव २०८३ को आयोजना गर्ने भएको हो ।

मञ्चको आयोजनामा यही वैशाख १२ गतेका दिन सम्पन्न हुने उक्त उत्सवमा अग्रज, युवा र नवपुस्ताका १९ जना मुक्तककारले नै आफ्ना मुक्तक सुनाउने संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिइन् ।

उत्सवमा अग्रजतर्फ शान्तिनारायण श्रेष्ठ, काजी रोशन, दिलिप दोषी, सरस्वती श्रेष्ठ सरु, कृष्ण उदासी र लक्ष्मण थापाका उत्कृष्ट मुक्तक प्रस्तुत हुने छन् ।

यस्तै युवापुस्तातर्फ रुपिन्द्र प्रभावी, सञ्जीव पौडेल, असफल गौतम, प्राञ्जल, टुकादेवी आचार्य, सागर तिम्सिना, राजेन्द्र घिमिरे, अर्जुन अधिकारी, शिव त्रिपाठी, मन क्षत्री, बिर्सना बस्नेत रहेका छन् । नव पुस्तामा आर्या त्रिपाठी र सिचु सारुले आफ्ना मुक्तक सुनाउने भएका हुन् ।

सोही समारोहबीच संस्थाले निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्यलाई संस्थाको उद्घोष बमोजिम संस्था विस्तारमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान, नियमित मुक्तक वाचनमा सहभागी तेजबहादुर तमू र उत्कृष्ट शाखातर्फ मकवानपुर शाखालाईसमेत सम्मान गर्ने जनाइएको छ ।

Facebook Comments