कार्यकारी अध्यक्षमा एप्पलका टिम कुक
एप्पल कम्पनीका सीईओ टिम कुक एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष)का रूपमा रहने बताइएको छ । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने जनाइएको छ ।
अब एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् । विगत २५ वर्षदेखि एप्पलसँग आबद्ध जोन टर्नस हाल एप्पलको हार्डवेयर इन्जिनियरिङ प्रमुख छन् ।
कुकले सन् २०११ देखि कम्पनीको नेतृत्व गर्दै आएका थिए, जतिबेला स्टीव जब्सले स्वास्थ्य समस्याका कारण पद त्यागेको स्थानमा नेतृत्व सम्हाल्दा कुकका सामु धेरै चुनौती भए पनि उनले एप्पललाई नयाँ उचाइमा पुर्याउँदै कम्पनीलाई सफलता दिलाएको बताइन्छ ।
Facebook Comments
