सरकारी कार्यालय ९ बजेबाटै सञ्चालन गर्ने सरकारको निर्णय
सरकारले ९ बजेबाटै सरकारी कार्यालय सञ्चालन गर्ने र हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
हाल पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण सरकारले २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिवार र आइतवार बिदा दिने मन्त्रिपरिषद्को आइतवारको बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने थप निर्णय गरेको छ ।
यस्तै सरकारले सरकारले राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गर्ने, शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने, डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने र आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने मन्त्रिपरिषद् बैठकका निर्णय रहेका छन् ।
