TUESDAY APR 21, 2026

शहीद सप्ताहमा भानु वाङ्मयको सरसफाइ

१६ माघ, पोखरा। शहीद सप्ताहका सन्दर्भमा भानु वाङ्मय प्रतिष्ठानले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

पोखरा ११ फूलवारीमा रहेको भानु परिसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानसहित ज्येष्ठ नागरिक सरोकार समाज, स्थानीय क्लब, संघसंस्था तथा टोल विकास संस्थाका पदाधिकारीको सहभागिता रहेको संस्थाका सचिव अम्विकाप्रसाद भट्टराईले जानकारी दिए।

सरसफाइसँगै देशमा प्रजातन्त्र प्राप्तिका लागि बलिदानीपूर्ण योगदान दिएका महान् शहीदको स्मरण वर्षमा एकचोटि नभएर हरेक पल-पलमा गरी राष्ट्रिय हितका लागि सरकार र सरोकारवाला लाग्नुपर्ने विमर्शसमेत गरिएको संस्थाका पदाधिकारी बताउँछन्।

Facebook Comments