टारी घैँयाखेत टोल विकास संस्था अध्यक्षमा शर्मा
११ माघ, पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ स्थित टारी–घैँयाखेत टोलविकास संस्थामा पार्वतीकुमारी शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
समितिको दशौं साधारण सभा तथा पाँचौ अधिवेशनले दुई वर्षे कार्यकालमको लागि शर्माको अध्यक्षतामा उपाध्यक्ष दीपा भट्टराई, सचिव पार्वती क्षेत्री, कोषाध्यक्ष लक्ष्मी तामाङ, सदस्यहरूमा कुशल रानाभाट, हुमबहादुर भुजेल, शिव अधिकारी, मुना थापा, विष्णु ाया पौडेल, सपना थापा र पार्वती शर्मालाई सर्वसम्मत चयन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बराल टोल विकास संस्था वडाका अभिन्न अंग भएकाले स्थानीयस्तरमा विकास निर्माण, सरसफाइलगायतका कार्यमा वडाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सभामा संस्थाका अध्यक्ष गणेशबहादुर घर्ती क्षेत्रीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दीपा भट्टराईको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरिएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकहरु तिलमाया भारती, सन्तु अधिकारी, वित्रा क्षेत्री, पर्वले पौडेल, चन्द्री पौडेल, रमादेवी पौडेल, रुकुमाया अधिकारी, संस्थापक अध्यक्ष मैना पौडेल, पूर्व अध्यक्षहरु गंगाबहादुर चपाई र लक्ष्मी अधिकारीलाई सम्मानसमेत गरिएको थियो ।
पोखरा २२ मा पर्ने रानीवन नजिक रहेको टारी र घैयाखेत दुई टोललाई समेटेर २०७३ सालमा स्थापना भएको टोल विकास संस्थाले मासिक वचत कार्यक्रम संचालन गरी महिला उद्यमीलाई आय आर्जनमा सहयोग पुर्याउँदै आएको तथा किरियापुत्री भवन निर्माण लगायतका कार्य गरेको संस्थापक अध्यक्ष मैना पौडेलले जानकारी दिइन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष मैना पौडेल, पूर्व अध्यक्ष गंगाप्रसाद चपाई, टारीखेत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रमाकान्ता पौडेल, जूनतारा आमा समूह घैयाखेतकी अध्यक्ष शान्ति भारती (ख), स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष कृष्ण रानाभाट, पूर्व अध्यक्ष लक्ष्मी अधिकारी, पूर्व उपाध्यक्ष मदनकुमार मैनालीलगायतले बोलेका थिए ।
गणेशबहादुर घर्तीक्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पार्वती कुमारी शर्माले र संचालन सचिव पार्वती क्षेत्रीले गरेकी थिइन् । कार्यक्रममा १२ वर्षीय रजिना चपाईले आकर्षक नृत्यसमेत प्रस्तुत गरेकी थिइन् ।
