FRIDAY APR 24, 2026

राधाकृष्ण वृद्धाश्रममा सहयोग

पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ ।
पोखरा महानगरपालिका समाजिक विकास शाखाको वृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एकलाख रुपैयाँ लागतका सीरक, डसना, ग्याँस, तेल, प्लेट, हटकेशलगायतका सामग्री सहयोग गरिएको हो ।
वृद्धाश्रममा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले सामग्री हस्तान्तरण गर्दै वृद्धाश्रमको सहयोगका लागि वडाकातर्फबाट निरन्तर साथ, सहयोग हुने विश्वास व्यक्त गरे ।
राधाकृष्ण वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछाने र संस्थापक अध्यक्ष प्रेम लिगलले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस किसिमको सहयोगको निरन्तरताको अपेक्षा गरे ।
संस्थापक अध्यक्ष लिगलका अनुसार वृद्धाश्रममा विभिन्न जिल्लाका ३५ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् । असहाय ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएको वृद्धाश्रमको सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारी निकायसँगै सामाजिक संघ संस्थाको निरन्तर सहयोग आवश्यक रहेको समितिका सदस्य विष्णुबहादुर बस्नेतको भनाइ छ ।
Facebook Comments