FRIDAY APR 24, 2026

माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न

१५ पौष, पोखरा । माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२ बहुमतले पारित गरेको छ ।

गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधनसम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यको बहुमतले उक्त विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ ।

माछापुच्छ्रे गाउँपालिका, कास्कीको आर्थिक वर्ष २०८२÷०८३ का सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बनेको ऐन संसोधन गर्न वाञ्छनीय भएकोले गाउँ सभाबाट संसोधन गरिएको हो ।

सभाको सफलताको शुभकामना व्यक्त गर्दै सभा सदस्य भरतराज अधिकारीले प्रत्यक वडालाई आत्मानिर्भर बनाउका लागि उत्पादनसँग जोड्नु पर्ने बताए ।
‘पछिल्लो समय बाँदर आतकंले खेतीयोग्य जमिन बाझो हुन थालेको, भू उपयोगका लागि यस्ता समस्या हल गर्दै प्रत्यक वडालाई उत्पादनसँग जोड्न जरुरी रहेकोमा उनले जोड दिए ।
उनले गाउँपालिका दूधमा आत्मनिर्भर भए जस्तै अन्य क्षेत्रमा वडामा के गर्न सकिन्छ त्यसको खोजी गरी वडावासीलाई आत्मानिर्भर बनाउनतर्फ पालिका लाग्नु पर्ने धारणा राखे ।

सभामा सभा सदस्य अप्सरा गौतम र गंगा रानाभाटले पालिकामा केही गुनसा आए पनि पालिकाले यहाँको विकास निर्माणमा धेरै काम गरेको बताए । साथै सभाको शून्य समयमा सभा सदस्य रामहरि गुरुङ, भरतराज अधिकारी, बावुराम भण्डारीले आफ्ना वडाका समस्याका विषयमा आवाज उठाएका थिए ।

Facebook Comments