FRIDAY APR 24, 2026

पशुपतिनाथ मन्दिरको वार्षिक साधारणसभा

१५ पौष, पोखरा । पोखरा-८, सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४ औं वर्षिक साधारण सभा मंगलवर सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै धार्मिक एवं सामाजिक व्यक्तित्व वीरेन्द्रनारायण विजुक्छेले धार्मिक ज्ञान र चेतनाले नै समाजलाई समृद्ध बनाउने बताउँदै, नैतिक ज्ञानका लागि धार्मिक चेतना आवश्यक रहेको बताए ।

समितिका अध्यक्ष दामोदर सिग्देलले यस क्षेत्रको धार्मिक धरोहरका रूपमा रहेको पशुपतिनाथ मन्दिरलाई विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले धर्म बाँचे मात्र संस्कार बच्ने र समाज असल हुने स्पष्ट पारे ।

कार्यक्रममा वडा सदस्य गोविन्द बराल, संस्थापक अध्यक्ष बाबुराम पौडेल, सल्लाहकार समाजसेवी परशुराम बराल, श्रीराम टोल विकास समितिका अध्यक्ष ऋषिराम पौडेल, नेपाल सरकारका पूर्व सहसचिव प्रेमराज गिरीलगायतले बोलेका थिए ।

सभाले सचिव कृष्णहरि सिग्देल र कोषाध्यक्ष बालकृष्ण बरालले पेश गरेको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गर्यो ।
व्यवस्थापन समितिका अध्यक्ष दामोदर सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह-सचिव देवका पौडेल र संचालन सचिव कृष्णहरि सिग्देलले गरेका थिए ।

चारसय पाँच जना आजीवन र ९३ जना साधारण सदस्य आवद्ध समितिले सो अवसरमा सहयोगदातालाई प्रशंसापत्रसमेत प्रदान गरेको थियो ।

Facebook Comments