पूर्व राष्ट्रिय खेलाडी बस्नेत सम्मानित
१० पुस, पोखरा ।
भलिवल खेलका पूर्व राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् ।
पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरद्वारा संचालित उदयबहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् ।
भलिवल खेलका पूर्व राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् ।
पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरद्वारा संचालित उदयबहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् ।
क्लबको २९ औं वार्षिक साधारण सभाका अवसरमा उनलाई नगद १० हजारसहित सम्मान गरिएको हो ।
कार्यक्रमका संस्थापक अध्यक्ष तीर्थमान तामाङ , मानार्थ सदस्य पूर्व मन्त्री कुमार खड्का, पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पूर्व वडाध्यक्ष जीवनप्रसाद आचार्य, क्लवका मानार्थ सदस्य वेनीबहादुर बस्नेत, उदयबहादुर बस्नेतकी धर्मपत्नी गणेशकुमारी बस्नेत,क्लवका पूर्व अध्यक्ष जीवनारायण श्रेष्ठले लगायतले सम्मान र बस्नेतको योगदानको स्मरण गरेका थिए ।
क्लबले सो अवसरमा वेष्ट प्रोजेक्ट अवार्डबाट दुर्गालाल श्रेष्ठ,वेष्टकोअर्डिनेटर अवार्ड प्रकाश थापा, उत्कृष्ट कर्मचारी अवार्ड लक्ष्मी पौडेल, सरीता अधिकारी र वर्षकै उत्कृष्ट सदस्य अवार्डबाट सूचना अधिकारी शिवराज देवकोटा सम्मानित भए ।
साधारण सभाको उद्घाटन गर्दै संस्थापक अध्यक्ष तामाङले सामाजिक क्षेत्रमा संस्थाले पुर्याएको योगदानको प्रशंसा गर्दै, समाजको विकास र रुपान्तरणमा यस्ता संघ संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा सम्मानित व्यक्ति बस्नेतले पुरस्कार प्राप्त रकममा ५ हजार थप गरी १५ हजार रुपैंया अक्षयकोषमा नै सहयोग गरे। प्रतिभा छनोट समितिका संयोजक रामबहादुर बाँनियाले सम्मानित व्यक्तिको परिचय गराएको कार्यक्रममा पूर्व अध्यक्ष सुशील बस्नेत,सदस्य लक्ष्मी श्रेष्ठ, पुरस्कृत एवं सम्मानित खेलाडी योगेन्द्रबहादुर बस्नेतलगायतले सामाजिक क्षेत्रमा क्लबले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
पुरस्कार छनोट समितिमा संयोजक रामबहादुर बाँनिया,राजेन्द्रबहादुर देवकोटा,प्रकाश थापा र तुलबहादुर बस्नेत थिए ।
क्लबका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव तुलबहादुर बस्नेतले गरेका थिए । सभाले सचिव बस्नेत र कोषाध्यक्ष लक्ष्मी पोडेलले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
यसैगरी, पोखरा-१६ मा रहेको बाटुलेचौर हिमालय कृषि सहकारी संस्थाको अध्यक्षमा दुर्गालाल श्रेष्ठ चयन भएका छन् । विहीबार सम्पन्न नवौं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा संचालक समिति चयन गरेको हो । समितिको सदस्यमा शिवराज देवकोटा,गोविन्दबहादुर थापा,लक्ष्मी श्रेष्ठ,झलक थापा मगर,प्रकाश थापा र मनु बस्नेत छन् । सहकारीको लेखा समितिमा राजेन्द्र शाही ठकुरी, शर्मिला थापा र विश्व केसी चयन भए । सहकारीले आर्थिक बर्ष २०८१ – ०८२ को आर्थिक प्रतिवेदन समेत पारित गर्यो ।
Facebook Comments
