TUESDAY AUG 11, 2026

चन्द्रवती वाग्लेको पछिल्लो कृति ‘कहरको त्यो समय’ लोकार्पण

६ पुस, पोखरा । साहित्यकार चन्द्रावती वाग्लेको पछिल्लो कृति ‘कहरको त्यो समय’ नयाँ कृति गीताञ्जली साहित्य परिवार र नारी वाङ्मय प्रतिष्ठान पोखराद्वारा संयुक्तरूपमा पोखरा-११ स्थित गीतामन्दिरमा लोकार्पण गरिएको हो ।

प्रमुख अतिथि माधव वियोगी, कार्यक्रम सभापति गीताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितीज’ प्रा.डा.कुसुुमाकर न्यौपानेलगायतले कृतिको लोकार्पण गरे ।
कृतिबारे परिचर्चा गर्दै प्रा. डा. कुसुमकर न्यौपानेले ‘कोभिड-१९’ कोरोना कहरको विषयवस्तु समेटेर रचिएको कवितासंग्रह ‘कहरको त्यो समय’का विविध पक्षबारे चर्चा गरे ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखराका सचिव लक्ष्मी थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत गीताञ्जली साहित्य परिवार पोखरा पूर्व अध्यक्ष शिवप्रसाद गौतमले गर्नुुभएको थियो भने स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सिनाले गरेकी थिइन् ।

दर्जनौ कृतिहरू बजारमा ल्याइसकेकी स्रष्टा वाग्लेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै समाजका विविधता र वास्तविकताको जीवन्त चित्रण कृतिमो गरिएको जानकारी गराइन् ।

कार्यक्रममा अग्रज साहित्यकार छविलाल आचार्य, शिव त्रिपाठी, नरेन्द्र रानाभाट, ढुण्ड़ीराज ज्ञवाली लगायतका साहित्यकारले रचनावाचन गर्नुुका साथै वसन्त चालिसे, छन्दमणि त्रिपाठी, छन्दिका त्रिपाठीलगायतले कृतिको सफलताको शुभकामना व्यक्त गरे ।

Facebook Comments