SUNDAY MAY 31, 2026

छोरेपाटन मा.वि. भू.पू. विद्यार्थी मञ्चमा शालिकराम भण्डारी

६ पुस, पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन मावि. भूपू विद्यार्थी मञ्चको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले शालिकराम भण्डारीको अध्यक्षतामा दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा कविता गुरुङ (कवि), सचिवमा गणेश जिसी, कोषाध्यक्षमा ज्योति हमाल, सहसचिवमा शिवराज न्यौपाने र सदस्यमा रामचन्द्र बराल, छविलाल पनेरु, शिवप्रसाद पौडेल, नमराज बराल, शर्मिला थकाली, दिलकुमारी खाँण सर्वसम्मत चयन भए ।

मञ्चका परिकल्पनाकार दीपकराज बराल संयोजक, पदमबहादुर ढकाल र चन्द्रमाया वास्तोला सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका आमन्त्रित प्रमुख व्यक्तित्व छोरेपाटन माविका पूर्व प्रधानाध्यापक लक्ष्मण थापाले उद्घाटन गर्दै भूपू विद्यार्थीहरुले पूर्व शिक्षकसमेतलाई साथमा लिएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

छोरेपाटन माविका प्रअ डिल्लिराम भूषाल, सहायक प्रअ खेमराज बराल (ध्रूब) ले भूपू विद्यार्थी मञ्चका हरेक क्रियाकलापमा साथ, सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा–२२, कालाबाङ घरेडीको भगवती आधारभूत विद्यालयका भूपू विद्यार्थी मञ्चका संयोजक यामबहादुर गुरुङले भूपू विद्यार्थी मिलेर वर्तमान विद्यार्थीलाई सहयोग गर्ने भावना जागृत गराउन सकेमा धेरै सहयोग आउने वताउँदै आफ्नो अनुभव बाँडे ।

सो अवसरमा मञ्चले आयोजना गरेका कार्यक्रममा सहयोग गर्ने नौलोघुम्ती नेपालका ओमकृष्ण गुरुङ, जिप्रका क्राइम इन्भेष्टिगेशन ब्रान्चका कमल भट्टराई, पूर्व विद्यार्थी देवराज आचार्य, पोखरा डिजिटलका दीपेन्द्र सुवेदी, सिटिजन फर्निचर न्यूरोड, स्वतन्त्र पत्रकार संघ कास्कीका कार्यसमिति सदस्य मदनराज जैसी, विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने अभियानका अभियान्त प्राज्ञ नगेन सिंह ठकुरी, दरबारन्यूज डटकमका समचार प्रमुख सागर कार्कीलाई सम्मान गरिएको थियो ।

मञ्चका उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराम भण्डारी, कोषाध्यक्ष कविता गुरुङ, सहसचिव ज्योति हमाल, कार्यसमिति सदस्य कृष्णप्रसाद पोखरेल, गणेश जिसी, कविता गुरुङ कवि, रामचन्द्र बराल, शिवराज न्यौपाने र छविलाल पनेरुलाई संस्थागत कार्यसम्पादनमा सहयोग गरेकोमा अध्यक्ष कृष्ण रानाभाट र प्रमुख अतिथिद्धारा कृतज्ञतासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा आजीवन सदस्यलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा सिद्धार्थ नमूना टोलविकास संस्थाका अध्यक्ष नारायणप्रसाद अधिकारी, भूपू विद्यार्थी दीपकराज बराल, देवराज आचार्य, पदमबहादुर ढकाल र राजु क्षेत्रीलगाएतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हिमलाल उपाध्यायले स्वागत र सचिव शालिकराम भण्डारीले संचालन गरेका थिए ।

Facebook Comments