धार्मिक व्यक्तित्व लामिछानेको निधन
२२ मंसिर, पोखरा । धार्मिक तथा सामाजिक व्यक्तित्व पार्वती लामिछानेको निधन भएको छ । पोखरा १९ घार्मी, गायत्री टोल निवासी ८६ वर्षकी लामिछानेको आइतबार बिहान हृदयघातका कारण निधन भएको हो ।
घार्मी आसपास क्षेत्रमा धार्मिक तथा सामाजिक कार्यमा निकै योगदान पुर्याएकी लामिछानेको नर्वदा गोस्ते शिवालय घाटमा अन्त्येष्टी गरिएको छ ।
उनले घार्मीमा रहेको गायत्री मन्दिरको संरक्षण गर्दै आएकी थिइन् । निवासबाट भएको शवयात्रामा सहभागीले लामिछानेको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गरी योगदानको स्मरण गरेका थिए ।
लामिछानेका एक छोरा लेखनाथ र छोरी देवी पौडेल छन् । छोरा लेखनाथ विद्यालय निरीक्षक रही लामाचौर स्रोत केन्द्रका स्रोत व्यक्तिकारूपमा लामो समय शिक्षा क्षेत्रमा सेवा गरेका थिए ।
Facebook Comments
