MONDAY FEB 09, 2026

विन्ध्यवासिनीको हाजिरी जवाफमा गायत्री प्रथम

विन्ध्यवासिनी मावि बाटुलेचौरले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा गायत्री आधारभूत विद्यालय घार्मी प्रथम भएको छ ।

पोखराका वडा नं १६ र १९ भित्रका सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा विन्ध्यवासिनी मावि द्वितीय,धारा आधारभूत विद्यालय तृतीय र भारतीभवन माविले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयका सूचना अधिकारी नविन अधिकारीले जानकारी दिए ।

विजयी विद्यार्थीलाई पोखरा शिक्षा महाशाखाका अधिकृत जीवनप्रसाद रेग्मी र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले यस्ता कार्यक्रमले विद्यार्थीको बौद्धिक ज्ञानको विकासमा सहयोग पुर्याउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, आधारभूत तह इन्चार्ज गोविन्द शर्मा पौडेल, शिक्षक सपना रेग्मीलगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन शिक्षक बिष्णुमाया गौतमले गरेकी थिइन् ।

Facebook Comments