जेनजी प्रदर्शनमा शहादत प्राप्त ४५ लाई शहीद घोषणा
१७ कार्तिक, पोखरा । सरकारले ४५ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर २०८२ भदौ २३ र २४ गते गरिएको जेनजी प्रदर्शनमा सरकारद्वारा मच्चाइएको नरसंहारमा काठमाडौं लगायत विभिन्न भागमा शहादत प्राप्त ४५ लाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
शहीदको नाम र ठेगाना यसप्रकार रहेको छ :
१ बुद्धिबहादुर तामाङ, किर्तिपुर-२, काठमाडौं
२ सन्तोष बिश्वकर्मा, बेलका-४, उदयपुर
३ सुलभराज श्रेष्ठ, नेपालगञ्ज-१, बाँके
४ श्रीयम चौलागाई, बेलबारी-११ मोरङ
५ ईस्वतबहादुर अधिकारी, कामपा-११, काठमाडौं
६ आयुष थापा, नेपालगन्ज-१, बाँके
७ गौरव जोशी, धनगढी-५, कैलाली
८ योगबहादुर श्रेष्ठ बारविसे-६ सिन्धुपाल्चोक
९ माधव सारू मगर, भूमिकास्थान-४, अर्घाखाँची
१० विमलबाबु भट्ट, बारपाक सुलिकोट-५, गोरखा
११ असहाव आलम ठकुराई, विरगंज-१२, पर्सा
१२ सौरनकिशोर श्रेष्ठ, बाग्लुङ-४, बाग्लुङ
१३ सुभाषकुमार बोहरा, खप्तडछान्ना-७, बझाङ
१४ रसिक खतिवडा खत्री, पनौति-१०, काभ्रे
१५ विनोद महर्जन, ललितपुर-७, ललितपुर
१६ दिलनारायण तामाङ, तिमाल-७, काभ्रे
१७ योगेन्द्र न्यौपाने, गोलान्जोर-१, सिन्धुली
१८ अभिषेक श्रेष्ठ, इनरुवा नपा-६, सुनसरी
१९ मोहन सरदार, इटहरी-१४, सुनसरी
२० छत्रमान कुथुमी, पाख्रिबास-२, धनकुटा
२१ ओझन बुढा, स्वामिकार्तिक खापर-२, बाजुरा
२२ साजन राई, धरान-२२, सुनसरी
२३ अनिश पराजुली, पालुङटार-३, गोरखा
२४ सारकुमार राई, चौदन्डीगढी-३, उदयपुर
२५ अर्जुन भट्ट, गण्डकी-४, गोर्खा
२६ धिरज श्रेष्ठ, तादी-३, नुवाकोट
२७ देवकुमार सुवेदी, लालबन्दी-५, सर्लाही
२८ उमेश महत, चौतारा साँगाचोकग-८, सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ, सिलिचुङ-३, संखुवासभा
३० निखिता गौतम, कालिका-८, चितवन
३१ अभिषेक चौलागाई, शैलुङ-४, दोलखा
३२ विजय चौधरी, लहान-१५, सिरहा
३३ भीमराज धामी, दुर्गाथली-१, बझाङ
३४ निरज पन्त, दशरथ-६, बैतडी
३५ दीपकसिंह साउद, शिवनाथ-२, बैतडी
३६ शुभराज बलामी श्रेष्ठ, ककनी-१, नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई, अर्जुनधारा-११, झापा
३८ दिनेश राजवंशी, अर्जुनधारा-८, झापा
३९ कमल भण्डारी, हिलिहाङ-२, पाँचथर
४० दीपेश सुनुवार, तीनपाटन-६, सिन्धुली
४१ महेश बुढाथोकी, विगु-३, दोलखा
४२ लच्छुमान राई, पञ्चकन्या-२, नुवाकोट
४३ मिलन राय, दूधौली-८, सिन्धुली
४४ अमृत गुरुङ, रूपा-५ कास्की
४५ उत्तम थापा, लेकाम-३, दार्चुला
जसको विरोधमा नौलो खबरले ‘केपी ओलीले मच्चाएको कोतपर्व’ शीर्षकमा यसरी विशेष टिप्पणी गरेको थियो : https://www.naulokhabar.com/2025/09/2512
Facebook Comments
