THURSDAY MAY 21, 2026

नेपाल-अमेरिका बीच आज खेल हुँदै

१०, कार्तिक, पोखरा । आईसीसी विश्वकप टी २० एशिया तथा इस्ट एशिया प्यासिफिकमा अपराजित रहँदै टी २० विश्वकपमा छनोट भएको नेपाल, आईसीसी विश्वकप लिग टु खेल्न यूएई पुगेको छ ।

लिग टु को याे श्रृंखला आजदेखि यूएईमा शुरु हुँदैछ। आज नेपालले पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ। नेपालको दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग खेल्नेछ।  तेस्रो खेल १ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ भने ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ।

आजको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरु हुनेछ। लिग टु श्रृंखलामा नेपाल १६ खेलबाट १२ अंक जोडेर सातौँ स्थानमा छ।

गत असारमा स्कटल्याण्डमा भएको श्रृंखलामा तीन खेल जित्दै नेपाल सातौँ स्थानमा उक्लिएको हो।

Facebook Comments