WEDNESDAY JUL 29, 2026

ह्वाट्सएपमा फेसबुक अकाउन्ट जोड्न सकिने

२८ असोज, पोखरा। सोसल मिडिया कम्पनी मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्ने सुविधा उपलब्ध गराउने भएको छ।

यो फिचरले प्रयोगकर्तालाई आफ्नो पहिचान सत्यापित गर्न तथा अरूसँग सहज रूपमा जोडिनका लागि सहयोग गर्नेछ।

यसअघि सम्म यो सुविधा केवल ह्वाट्सएप बिजनेस अकाउन्टहरुमा मात्रै सीमित थियो । अब सामान्य प्रयोगकर्ताले पनि आफ्नो फेसबुक प्रोफाइललाई ह्वाट्सएपमा लिंक गर्न सक्नेछन्।

हाल यो फिचर अंग्रेजी, जर्मन, अरबी, चिनियाँ, हिन्दी, स्पेनिसलगायतका २१ भाषामा रहेका जनाइएको छ ।

Facebook Comments