पोखरामा कवि एलिसा ढुंगानाको ‘सौन्दर्यको भग्नावशेष’सँग एक साँझ सम्पन्न
२७ असोज, पोखरा । कवि एलिसा ढुंगानाको सौन्दर्यको भग्नावशेष कृति माथिको विमर्श पोखरामा सम्पन्न भएको छ ।
कविता क्लब नेपालको आयोजनामा आइतवार पोखरा सम्पन्न कार्यक्रमका कृतिमाथि आफ्नो धारणा राख्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा मुक्तककार सुरज पौडेलले लेखन सामथ्र्य र शिल्प दुवै हिसाबले ढुंगानालाई सफल कविका रुपमा चित्रण गरे ।
पौडेलले उनका तीन खण्डमा अभिव्यक्त ३८ कवितालाई सच्चिदानन्दकारूपमा समेत चित्रण गरे ।
विम्ब कवि रमेश श्रेष्ठले कविताको उज्यालो जिन्दगीको सबैभन्दा उत्तम उज्यालो भएको बताए । उनले ढुंगानाको बाँकी कवितायात्राको सफलताको शुभेच्छासमेत व्यक्त गरे ।
साहित्यकार मणि लोहनीले कविता क्लबको व्यानरमा कवि ढुंगानाका कविताको विमर्शलाई एउटा महत्वपूर्ण प्राप्तिका रूपमा आफूँले लिएको बताए ।
स्रष्टा ढुंगानाले आफ्ना कवितालाई कृतिको आवरणले उत्कृष्ट तुल्याएको अनुभूति व्यक्त गर्दै उत्कृष्ट कलाका लागि कवि रमेश श्रेष्ठलाई आभार व्यक्त गरिन् । आफू कविताको यात्राबाट अगाडि बढे पनि वाङ्मयका अन्य आयाममा समेत कालान्तरमा साधनामा लाग्ने धारणा राखिन् ।
