MONDAY OCT 13, 2025

जेनजी आन्दोलनमा सहादत प्राप्त शहीदको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान सहादत प्राप्त शहीदहरूको राष्ट्रिय सम्मानका साथ मङ्गलवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शहीद परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए । आर्यघाटमा सुरक्षा निकायले सलामीसहित सम्मान गरेको छ । राज्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेको छ ।

सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्तलाई शहीद घोषणा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि र असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिनेलगायतका निर्णय गरेको छ ।

आन्दोलनमा सहादत प्राप्तलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णय यस अगाडि नै गरिसकेको छ ।

Facebook Comments