प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तार, तीन मन्त्रीले लिए सपथ

३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति कार्यालयको भवन बाहिर सोमवार नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएर शीतल निवास बस्न नमिल्ने भएकाले गत शुक्रवार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो ।
सोमवार भने खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो । आज तीन मन्त्री अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृह र कानूनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो ।
Facebook Comments