MONDAY FEB 09, 2026

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

२९ भदौ, पोखरा ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।

जेन–जी आन्दोलनको दबाबमा प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पनि महिला नै न्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
नियुक्तिका हिसाबले भण्डारी नेपालको इतिहासकै प्रथम महिला न्यायाधिवक्ता हुन्।

प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेकी छन् ।

Facebook Comments