MONDAY OCT 13, 2025

जेनजी आन्दोलनको राप र पातका कारण भ्रष्टाचारी र घुसखोरी सरकारको पतन

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनको राप र पातका कारण २७ घण्टाभित्र भ्रष्टाचारी र घुसखोरी सरकारको पतन भएको छ ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि जेनजीले खुसीयाली मनाइरहेका छन् ।

सरकारको पतन भएसँगै नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै संयमता अपनाउन अपिल गरेको छ । विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ ।

‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ नेपाली सेनाले भनेको छ ।

यसैबीच,राष्ट्रपति रामचन्द्र पौडेलले  जेनजीलाई वार्तामा आउन अपिल गरेका छन् । लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु राष्ट्रपतिले भनेका छन्।

जेनजी समूहले आफ्ना सहयात्रीको निर्ममतापूर्वक हत्या गरिएको विरोधमा सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत र शीतल निवास, सडक विभागका संरचनामा आगजनी गरेका छन् ।

Facebook Comments