MONDAY OCT 13, 2025

आफ्नो जन्मदिनमा वृद्धाश्रम पुगे गण्डकी प्रदेश प्रमुख

१५ भदौ, पोखरा। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाएका छन् ।

उनी शनिबार बिहान पोखरा–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुगेर जन्मदिन मनाएका हुन् । सो अवसरमा प्रदेश प्रमुख भट्टले नेपाली सामाजिक मनोविज्ञान वृद्धाश्रमप्रति सकारात्मक नदेखिएपनि विभिन्न कारणले परिवारबाट परित्यक्त वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकता अपरिहार्य रहेको बताए ।

उनले वर्षौंदेखि वृद्धाश्रम सञ्चालन गरेर समाजसेवामा सक्रिय पराजुली परिवार र सहयोगी शुभेच्छुकप्रतिसमेत आभार व्यक्त गरे । ‘सामाजिक र आर्थिक दृष्टिकोणले पनि ज्येष्ठ नागरिकहरूको जीवनयापन असुरक्षित र असहज बन्दै जाँदा यस्ता वृद्धाश्रम सञ्चालन गरेर ठूलो सामाजिक कर्म गर्नुभएको छ ।’ भट्टले भने ।

वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष कुशुमकेशव पराजुलीले जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई स्मरण गरी सम्मान व्यक्त गरेकामा खुशी व्यक्त गरे ।

Facebook Comments