MONDAY OCT 13, 2025

इम्बोस्ड नम्बर देवनागरिक लिपीमा हुनुपर्ने माग

११ भदौ, पोखरा । सवारीसाधनको इम्बोस्ड नम्बर देवनागरिक लिपीमा हुनुपर्ने भन्दै विरोधका आवाज उठ्न थालेका छन् ।
यसरी आवाज उठाउनेहरूमा अन्तर्राष्ट्रिय मानक नेपाली भाषा, समिति, नेपाली लेखक संघ, जाग नेपाली अभियान रहेका छन् भने स्वतन्त्र युवाले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

जाग नेपाली अभियानले इम्बोस्ड नम्बरमा नेपाली भाषा र लिपिकै प्रयोग गर्नुपर्ने भन्दै आन्दोलन गरेको हो । उनीहरूले विभिन्न प्लेकार्ड बोकेर आन्दोलन गरेका छन् ।

‘इम्बोस्डका भष्ट्राचारीलाई जेल हाल, देवनागरिक लिपिको रक्षा गरौं, हाम्रो लिपि हाम्रो पहिचान, हाम्रो लिपि हाम्रो आत्मसम्मान’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

Facebook Comments