FRIDAY MAR 13, 2026

एक महिनामै थपियो १४ अर्ब सार्वजनिक ऋण

११ भाद्र, पोखरा । देशमा सार्वजनिक ऋण चुलिँदै २७ खर्ब नजिक पुगेको छ । श्रावणमा मात्रै १४ अर्ब २ करोड ऋण थप भएको छ ।

योसँगै असारमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकोमा श्रावण मसान्त सम्ममा थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २६ खर्व ८३ अर्ब ६० करोड पुगेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । जुन कुल गार्हस्थ्य उत्पादनको ४३.९४ प्रतिशत हो ।

कुल सार्वजनिक ऋणमा श्रावण मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको छ । उक्त लक्ष्य मध्ये श्रावण मसान्तसम्ममा ४४ अर्ब ५७ करोड ऋण प्राप्ति भएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणमा भनिएको छ – ‘वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७.४८ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र वाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ११.०५ र १.९६ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र वाह्य ऋणको हिस्सा क्रमशः ८९.७४ र १०.२६ प्रतिशत रहेको छ ।’

Facebook Comments