सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सूचीकरण हुन आह्वान

११ भदौ, काठमाडौं । नेपाल सरकारले सात दिनभित्र सामाजिक सञ्जालहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन आह्वान गरेको छ ।
सोमवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।
मन्त्री गुरुङले तोकिएको अवधिमा सूचीकरण हुन नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने निर्णय भएको जानकारी दिए ।
सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णयसमेत भएको जनाइएको छ ।
Facebook Comments