MONDAY OCT 13, 2025

भेषजराज साहित्य प्रतिष्ठानमा यमकान्त खनाल

१ भदौ, स्याङ्जा । स्याङ्जा भेषजराज साहित्य प्रतिष्ठानको चौथो साधारण सभाले यमकान्त खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विष्णुप्रसाद अर्याल, सचिवमा श्यामप्रसाद ढुङ्गाना, सहसचिवमा कमल वगाले, कोषाध्यक्षमा शम्भु अर्याल निर्वाचित भएका छन् । यसैगरी, कार्यसमिति सदस्यहरूमा लेखनाथ काफ्ले , नारायणप्रसाद रेग्मी, दीपक लम्साल, भीष्म आले, मिठु अर्याल रेग्मी, विष्णु पंगेनी पाण्डे र डोलराज सुवेदी रहेका छन् ।

ध्रुवराज उपाध्याय, अनन्त अर्याल र ढालबहादुर केसीको तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचन सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा डा शालिग्राम सुवेदीले साहित्यको महत्त्व र आवश्यकताका बारेमा बोल्दै साहित्यले सबैलाई जोड्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालले भेषजराज शर्माले शर्माले पुर्याएको योगदानको चर्चा गर्दै प्रतिष्ठानले साहित्यका क्षेत्रमा महत्त्व योगदान पुर्याएको जानकारी गराए ।

मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले भगवान् श्रीकृष्णको जन्म र कार्यको चर्चा गर्दै कृष्ण स्वयम् भगवान् हुनुहुन्छ भन्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा रणवीर जनहित माविका प्रधानाध्यापक लक्ष्मी रेग्मी, आँधीखोला सञ्चार सहकारीकी अध्यक्ष शान्ता थापाले प्रतिष्ठानका बारेमा आफ्ना धारणा राखेकाथिए ।

समारोहमा कृष्णप्रसाद अर्याल, प्रेमप्रसाद सुवेदी, दमकला बगाले, विष्णु पंगेनी पाण्डे, इन्द्रप्रसाद पाठक, कमल बगाले, दिलीप तिवारी, मिठू अर्याल रेग्मी, लेखनाथ काफ्ले, अमृत रेग्मी, ढालबहादुर केसी, डोलराज सुवेदी, निलकण्ठ लम्साललगायतले रचनावाचन गरेका थिए ।

Facebook Comments