MONDAY OCT 13, 2025

राष्ट्रिय कृष्ण भजनलाई युआरएलको साथ

३० साउन, पोखरा । पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगितालाई युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले साथ दिने भएको छ ।

नेपाली संस्कृतिक संरक्षण लागि कृष्णजन्माष्टमीको अवसरमा साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानद्वारा आयोजना हुने यस क्षेत्रकै गौरव र उल्लेखनीय कार्यक्रममा जोडिन पाउनु गौरवको विषय रहेको युआरएलका अध्यक्ष ठाकुर पन्त बताउँछन् ।

स्थापनाकालबाटै धेरै भन्दा धेरै सेवाग्राहीलाई सर्वसुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्दै आएको युआरएलले स्थापनाका १२ वर्ष पूरा गरिसकेको छ ।
यो अवधिमा यसले ९ लाख १५ हजार सेवाग्राहीलाई सेवा दिइसकेको छ । सेवा सँगसँगै पाँच सय बढी स्वास्थ्य संस्थाका चिकित्सक झण्डै एक हजार चिकित्सकको विश्वास जित्न सफल भएको छ ।

गण्डकी प्रदेशका आठ जिल्लाका १७ शाखा मार्फत् सेवा दिँदै आएको युआरएलले आम्दानीको २५ प्रतिशत सामाजिक सेवामा खर्च गर्दै आएको अध्यक्ष पन्त बताउँछन् ।
युआरएल फाउण्डेशनको स्थापना गरी सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारलाईसमेत प्रोत्साहन गर्दै आएको संस्था २६ औं संस्करणको कृष्णभजन प्रतियोगितामा जोडिएको हो ।

यो सँगै प्रतियोगितामा हिम श्री फुड्स पोखरा, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा लि, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, मादी गाउँपालिका, पोखरा महानगरपालिका वडा नं १६ र १९ लगायतका संघसंस्थाले आर्थिक सहयोग गरेको अर्थ उपसमितिका संयोजक सुमनराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख र प्रमाणपत्र, दोस्रो हुनेले नगद ७५ हजार र प्रमाणपत्र, तेस्रो हुनेले नगद ५० हजार र प्रमाणपत्र तथा सान्त्वना हुनेले नगद २५ हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

सहभागी टिमलाई प्रोत्साहन स्वरुप जनही पाँच हजार प्रदान गरिने प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बताउँछिन् । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च लाग्ने बताइएको छ ।

 

 

 

 

 

 

 

आइएमएस सफ्टवेयरका उत्पादन अब विश्वबजारमा
२९ साउन पोखरा ।
नेपाली आइटी कम्पनी आइएमएस सफ्टवेयरका उत्पादन अब विश्व बजारमासमेत विस्तार हुने भएका छन् ।
आइएमएस पस (क्ष्ःक् एइक्) सफ्टवेयर, आइएमएस रेस्टुरेन्ट सफ्टवेयर, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट, आइएमएस पेट्रोल पम्प म्यानेजमेन्ट, आइएमएस पार्किङ म्यानेजमेन्टलगायतका विभिन्न सफ्टवेयर उत्पादन अब बेलायतमा उपलब्ध हुने भएका हुन् ।

जसका लागि आइएमएस सफ्टवेयर र जेनेस सोलुसन बीच रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । आइएमएसले निर्माण गरेका सफ्टवेयर बेलायती बजारमा विस्तार गर्ने जिम्मा जेनेसले लिएको छ ।

सम्झौता–पत्रमा आइएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र जेनेस सोलुसनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले हस्ताक्षर गरेका छन् ।

साझेदारीले नेपाली सफ्टवेयर उत्पादन नयाँ बजारमा बिस्तार गर्दै व्यवसायलाई प्रतिस्पर्धी तथा सफल बनाउन आवश्यक उपकरण र सहयोग उपलब्ध गराउने लक्ष्य लिएको आइएमएसले जनाएको छ ।

दुई दशकभन्दा बढीको अनुभवसहित आईएमएसले आइएमएस सफ्टवेयर खुद्रा व्यापार, रेस्टुरेन्ट, व्यापारिक फर्म तथा सेवा क्षेत्रको व्यवसाय व्यवस्थापनका लागि विभिन्न सोलुसन्स निर्माण गर्ने नेपाली सफ्टवेयर कम्पनी हो ।

जेनेज सोलुसन बेलायतमा आधारित सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनी हो । यसले क्लाउड सेवा, इन्टरप्राइज टेक्नोलोजी परामर्श र सफ्टवेयर प्रयोगसहितका विभिन्न आइटी सोलुसन्स प्रदान गर्दै आएको छ ।

Facebook Comments